२५ बर्ष मुनिकाले चुरोट पिउनै नपाउने कानून बनाउदै अष्ट्रेलिया

tasmaniya

एजेन्सी– अष्ट्रेलियाको तस्मानिया राज्यले  २५ बर्ष भन्दा कम उमेरकाले चुरोट पिउनै नपाउने कानून बनाउने तयारी गरेको छ । सो राज्यले २५ बर्ष भन्दा कम उमेरका युवाले चुरोट किन्न, विक्री गर्न तथा ओसार पसार गर्न समेत नपाउने कानून बनाउदैछ ।

युवाहरुलार्य सूर्तिजन्य पदार्थको कुलतबाट जोगाउन तथा सन २०२५ सम्म तस्मानिया राज्यलाई अष्ट्रेलियाकै स्वस्थ राज्य बनाउने योजना अनुरुपयस्तो कदम चाल्न लागेको सरकारी अधिकारीहरु बताउछन् । यस्तो कानून बनेको खण्डमा तस्मानिया सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रण गर्न सबैभन्दा कडा नियम बनाउने राज्य ठहरिनेछ । अहिलेसम्म अष्ट्रेलियामा चुरोट किन्ने तथा पिउने बैधानिक उमेर १८ बर्ष छ ।
आलोचकहरुले यसो गर्दा मानवअधिकार हनन् हुने बताएका छन् । तर अष्ट्रेलियामा अहिले पनि सुर्तीजन्य पदार्थ विरुद्धका कतिपय नियमहरु संसारमै सबैभन्दा कडा मानिन्छ ।

 सन् २०१२ मा प्लेन प्याकेजिंकको सुरुवात गरेको अष्ट्रेलियाले  प्याकेटको पुरै भाग चेतावनीमुलक स्वास्थ्य सन्देशले छोप्ने व्यवस्था सुरु गरेको थियो  । अष्टेलियामा चुरोटको मुल्य संसारमै सबैभन्दा बढी छ । न्युनतम रुपमा एक प्याकेटको करीव २० डलर पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *