उत्तरी गोरखाका भूकम्प पिडीतको नि:शुल्क दन्त परीक्षण

20151205_084222

नेपाली हेल्थ /काठमाडौँ –
उत्तरी गोरखाका भूकम्प पिडीतको निशुल्क दन्त स्वास्थ्य उपचार भएको छ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालको टोलीले उनीहरुको निशुल्क दन्त स्वास्थ्य उपचार गरेको हो ।

भूकम्प अति प्रभावित उत्तरी क्षेत्र सिम्जुङ गाविसमा गत १८ देखी २० सम्म दन्त स्वस्थ्य सिविर राखिएको थियो । सिविर राख्न काठमाडौँबाट गएको कलेज टोलीलाई बीएम फाउन्डेसनले प्राविधिक सहयोग र मनोज एसोसिएटस फ्रान्सले प्रायोजन गरेको थियो ।

सो क्रममा मुख तथा दाँत सम्वन्धी जाँच, दाँत किराले खाएको ठाँउमा सिमेन्ट भर्ने , मेसिन द्धारा दाँत सफा गर्ने तथा औषधि वितरणगर्ने काम भएको थियो । त्यस्तै दन्त स्वास्थ्यका बारेमा शिक्षा दिने काम पनि टोलीले गरेको थियो ।

कलेजकी जनस्वास्थ्य अधिकृत शारदा अधिकारीका अनुसार तीन दिने उक्त सिविरमा २३७ जना भूकम्पपिडीको दन्त उपचार गरिएको थियो । जसमा ७८ जनाको दाँत भर्ने, ६४ जनाको दाँत सफा गर्ने, ४३ जनाको दात निकालिएको थियो ।

कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक हप्ता निशुल्क स्वास्थ्य सिविर राख्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *