डिप्रेसन अर्थात ‘दिग्दारी रोग’

dr. saroj pd ojha
-प्रा.डा. सरोजप्रसाद ओझा बरिष्ट मानसिकरोग विशेषज्ञ

विश्व स्वास्थ्य संगठनले सन २०३० सम्ममा डिप्रेसन संसारको ‘नम्वर वन’ स्वास्थ्य समस्या बन्ने भविस्यवाणी गरेको छ । शारीरिक तथा मानसिक रोगहरुमध्ये यो रोग पहिलो हुने भनिएको हो । सन् २०११ कै तथ्याङ्क हेर्दा पनि डिप्रेसन दोस्रो प्रमुख रोग बनिसकेको छ । अनुसन्धानले के पनि देखाएको छ भने कुल जनसंख्याको झण्डै १० प्रतिशत व्यक्तिहरु अहिले डिप्रेसनबाट ग्रसित छन् । त्यसैले नेपालमा पनि २६ लाख भन्दा बढी व्यक्तिहरु डिप्रेसनबाट ग्रसित छन भन्न गाह्रो पर्दैन ।

डिप्रेसनबाट ग्रसित हुनेमा मुख्य रुपमा युवावर्ग नै देखिन्छन् । २५ देखि ३५ वर्ष उमेर डिप्रेसन हुने उमेरको रुपमा लिने गरिन्छ । त्यस्तै ६० वर्ष माथि अर्थात ‘रिटायर्ड लाइफ’मा पुगेका व्यक्तिहरुमा पनि डिप्रेसन हुने गरेको देखिन्छ । अनुसन्धानले डिप्रेसन पुरुषको तुलनामा महिलाहरुमा बढी हुने गरेको देखाएको छ । झण्डै ९ प्रतिशत पुरुष र ११ प्रतिशत महिलामा यो रोगको समस्या देखापरेको विश्वस्वास्थय संगठनको प्रतिवेदनमा उल्लेख छ । मानसिक रोकको रुपमा चिनिने डिप्रेसनमा महिलामा बढी देखिनु सायद उनीहरु बढी संवेदनशील हुने र सानो कुराले पनि धेरै ठूलो प्रभाव पार्ने कारण नै हो जस्तो लाग्छ ।
डिप्रेसन मात्रै यस्तो रोग हो जो विकशित र अविकसित मुलुकमा समानरुपले प्रभाव पारेको देखिन्छ । यसको समस्या विकशित मुलुक युरोप तथा अमेरिकामा जसरी देखिएको छ , नेपाल जस्तो अविकसित मुलुकमा पनि उत्तिकै देखिएको छ । युरोप अमेरिकाका युवाहरुमा खोजे अनुसारको रोजगारी नहुदा, आमा बाबुको प्यार नपाउदा डिप्रेसन बढेको पाइन्छ । भने नेपाल जस्तो मुलुकमा गरिवी र दन्दको घाउले डिप्रेसन बढाएको पाइन्छ । अझ पछिल्लो समयमा त नेपालको राजनीतिक अस्थिरताले पनि कतिपयमा डिप्रेसन देखाएको छ ।

दशवर्षे जनयुद्धका बेला नजिकबाट युद्ध भोगेका, प्रभावित व्यक्तिहरुमा डिप्रेसन हावी छ । त्यस्तै युद्धमा होमिएका पार्टीका लडाकुहरुमा पनि त्यस्तो समस्या देखिएको छ । त्यो बाहेक राम्रो रोजगारी नपाएका, रोजगारीमा विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुमा पनि यो समस्या रहेको छ ।

कसरी हुन्छ ?

डिप्रेसन भित्र मनोवैज्ञानिक पक्ष छ शारीरिक मनोवैज्ञानि पक्षले शरीरभित्रको रासायनिक तत्वमा कमि ल्याई डिप्रेसन हुने हो । त्यो रासायनिक तत्व कसैलाई वंशाणुगत रुपमा कम देखापर्छ भने कसैलाई मस्तिस्कको विकास नहुदा हुने गर्छ । त्यस्तै मस्तिस्कको विकास संगै बाहिरी बाताबरणको प्रभावले पनि देखिने गर्छ । जस्तै बच्चा जन्मेर हुर्कदै जाँदा राम्ररी आमा बुबाको माया पाउन सकेन भने उसमा डिप्रेसन हुनसक्छ , अति ठूलो महत्वकाक्षा लिने व्यक्तिमा पनि डिप्रेसन हुने गर्छ । त्यस्तै सानोमा कुपोषणबाट ग्रसित व्यक्तिहरुमा इम्युनिटी पावर कम हुने डिप्रेसन हुने गर्छ ।

टाउकोमा चोट लाग्यो भने , जन्मने हुर्कने बेलामा धेरै ठूलो इन्फैक्सन पर्यो भने , मलेरिया , जापानीज इन्सङ्खाईटिस जस्ता रोगहरु जो सिधै मस्तिस्कसंग जोडिन सक्छ , यसले पनि डिप्रेसन हुनलाई सहयोग पुरयाउछ । पछिल्लो पटक धन कमाउन विदेश जाने नेपालीयुवा निकै ठूलो रुपमा डिप्रेसन देखापरेको छ । भने जस्तो काम नहुदा, चाहे जस्तो कमाउन नपाउदा पनि यस्तो समस्या हुने गरेको छ । घरपरिवार र भविस्य सोच्दा सोच्दै डिप्रेसनको सिकार हुने गरेको छ ।

किन बढयो ?

दिनानु दिन डिप्रेसन ग्रसितहरुको संख्या बढदै गएको छ । नेपालमा यसो हुनुमा सामाजिक कुरुति नै हो । समाजमा डिप्रेसन भयो कि बौलाउने रोग लागेको भनेर हेरिन्छ । परिवारले समेत त्यसैगरी हेर्छ , यसले विरामीलाई झनै बढी चिन्तित बनाउन ।

डिप्रेसन बौलाउने रोग होइन । यो पनि जान्नु जरुरी छ , अन्य रोग झै यसको उपचार सम्भव छ । केही समय औषधि खाएपछि सजिलै निको हुन्छ । ९० प्रतिशत भन्दा बढी मानसिक रोगी बौलाउदैनन । सधै नकारात्मक धारणा राखेकै कारण र समयमै उपचार नगरेकै कारण १० प्रतिशतलाई कडा खालको मानसिक रोग लाग्छ र त्यस्ता व्यक्तिको मस्तिस्कले नियन्त्रण गुमाउछ । मन डराउने , निरास हुने , आत्तिने , निद्रा नलाग्ने , टाउको दुख्ने , पेट दुख्ने हात खुट्टा झम झम गर्ने , लगायतका कुराहरु मानसिक रोगमै पर्छन । ती सबै साधारण उपचारबाट निको हुन्छ ।

समाज र परिवारको डरले मानसिक समस्या भोगेका थुप्रै व्यक्तिहरु अहिले पनि मानसिक रोग विशेषज्ञकोमा नगई फिजिसियनसंग सल्लाह लिने गरेका छन । फिजिसियनकोमा गएर मानसिक रोगकै औषधि खाएपनि मानसिक रोगी नहुने तर मानसिक रोग विशेषज्ञकोमा गएर सल्लाह लिदैमा मानसिक रोगीको रुपमा हेर्ने सामाजिक मान्यताका कारण यो समस्या बढेको हो ।

डिप्रेसन भनेको कम कडा खालको मानसिक रोग हो । समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ । तर त्यसको सहि उपचार नहुदा नेपाल सहित विश्वका विभिन्न मुलुकमा आत्महत्या जस्तो दुखत अवस्थामा पुगेको समेत पाइन्छ । एक तथ्याङ्ककले आत्महत्या हुनुको ७० प्रतिशत कारण डिप्रेसन भएको देखिन्छ ।

लक्षणहरु :
-गृहणी भए आङ्खनो घरको काम गर्न मन लाग्दैन
-विदेश जानेहरुले पनि राम्ररी काम गर्न सक्दैन
-विद्यार्थीले पढन सक्दैन
-नैरास्य : काम देखी नै नैरास्य , घर परिवार बच्चाहरु बाट नै नैरास्य , दिग्दारी पन , निद्र्रा नलाग्ने , टाउको छाती पेट दुख्न पेट पोल्ने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *