स्वास्थ्यको समायोजन टुंगियो, २७ हजार कर्मचारीको समायोजन लिष्ट स्वास्थ्यमा आइपुग्यो

काठमाडौँ, १ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्यका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् ।

स्वास्थ्यले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने बताएको छ ।

सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको सूची स्वास्थ्य मन्त्रालयका पुगेर बुझाएको बताए । उनले १४ हजार बढीको गुनासो प्राप्त भएपनि ७ हजार ७४० जनाको गुनासो सम्वोधन भएको बताए ।

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सामान्यबाट सूची आइसकेको भन्दै भोलिबाट नै कर्मचारीलाई पठाउने तयारी भएको बताए । उनले कम विवाद भएको समूहबाट चिठी पठाउने समेत जानकारी दिए ।

सूची सार्वजनिक नगर्ने ?
यसअघि समायोजनको सूची वेवसाइटमार्फत सार्वजनिक गरेको स्वास्थ्य तथा सामान्यले यसपटक भने सूची सार्वजनिक नगर्ने बताएको छ । प्रवक्ता श्रेष्ठले भने, ‘यो पटक सूची सार्वजनिक नगरी सम्वन्धीत व्यक्तिलाई सिधै चिठी पठाउने योजना छ ।’

यता स्वास्थ्यकर्मीका ट्रेड युनियनका नेताहरुले भने सूची सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *