लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बने दिपेन्द्रकुमार पुन

काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुन भएका छन् । मुख्य मन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् बिस्तार तथा कार्यविभाजन गर्दा पुनलाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरेका हुन् ।

त्यसो त पुन गत २५ चैतमा नै मन्त्री बनेका थिए । तर उनको मन्त्रालय तोकिएको थिएन ।

विसं २०७९ को प्रदेश सभा निर्वाचनमा उनी रोल्पाबाट निर्बाचित संसाद हुन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका पुन पार्टीले टिकट नदिएपछि पार्टीबाट राजिनामा दिई स्वतन्त्र उम्मेद्धारका रुपमा निर्वाचनमा लडेका थिए । रोल्पा क्षेत्र नं १ (ख)बाट निर्वाचित सांसद पुनले त्यसबेला नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति समेत रहेका अमरसिंह पुनलाई पराजित गरेका थिए । विजयी पछि भने उनी माओवादी केन्द्रमै फर्किएका छन् ।

लुम्बिनी प्रदेशमा नयाँ सत्ता गठबन्धनको नेतृत्व गरेका महरा रोल्पा १ क बाट निर्वाचित प्रदेश सांसद हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *