उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले गरे पदबहाली (भिडियो सहित)

काठमाडौँ, १८ जेठ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबहाली गरेका छन् ।

आज बेलुका पौने आठ बजे स्वास्थ्य मन्त्रालय पुगेर उनले पदवहाली गरेका हुन् । पदवहाली पछि सम्छिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु आफ्नो प्राथमिकता रहेको बताए ।

त्यसअघि मन्त्रालयमा उनलाई स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वागत गरेकी थिइन । मन्त्रालय सचिव डा पुष्पा चौधरी, प्रमुख विशेषज्ञ डा सुशिल प्याकुरेल सहित मन्त्रालयका कर्मचारी, संघीय समाजवादी फोरमका नेता तथा कार्यकर्ताले लामबद्ध भएर स्वागत गरेका थिए ।

एघारौँ तहमा बढुवा भएका तीन जना डाक्टरको पदस्थापन गर्ने फाइल सदर गर्दै मन्त्री यादवले मन्त्रालयको कार्यभार सम्हाल्न शुरु गरेका थिए ।

पदवहाली पछि उनले दिएको प्रतिक्रिया हेरौँ भिडियोमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले गरे पदबहाली (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *