स्वास्थ्य मन्त्रालयको नेतृत्व फेरियो, वेवसाइटमा अझै फेरिएन
काठमाडौँ, २३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फेरिएको ६ दिन भइसक्यो तर मन्त्रालयको वेवसाइटमा अहिले पनि फेरिएको छैन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गत १८ जेठमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदवहाली गरेका थिए ।
पदवहालीसंगै मन्त्रालयको नेतृत्व पनि राज्यमन्त्री पद्मा अर्यालबाट यादवमा सरेको थियो । तर मन्त्रालयको आधिकारिक वेवसाइटमा अहिले पनि नेतृत्व राज्यमन्त्री अर्यालले नै गरेको देखाइएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवको कहि कतै उल्लेख छैन ।
‘यसले मन्त्रालयको संयन्त्र कति चुस्त छ भन्ने देखाँउछ,’ मन्त्रालयका एक अधिकारीले भने ।
त्यसो त मन्त्रालयले वेव अपडेट गर्र्न कम्प्युटर अधिकृतको सहित केही स्थायी कर्मचारीको व्यवस्था गरेको छ ।
सम्वन्धित समाचार हेर्न तलका लिंक क्लिक गरौँ………
उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले गरे पदबहाली (भिडियो सहित)
स्वास्थ्य मन्त्रालयमा मन्त्री यादवको यसरी स्वागत गरिन राज्यमन्त्री अर्यालले
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



