हैजाबाट थप १० को मृत्यु

अबुजा, २० चैत । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रको बौंची राज्यमा फैलिएको हैजाबाट थप १० जनाको ज्यान गएको छ ।

अहिलेसम्म हैजाबाट सो राज्यमा १५० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यसको प्रकोपबाट बच्न विशेष सतर्कता कार्यक्रमहरु अपनाइएको समाचारमा जनाइएको थियो ।

तर उक्त क्षेत्रमा केही हैजाको प्रकोप भने पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । यसबाट गतहप्तामात्र १२ जनाको मृत्यु भएको थियो ।

हैजाबाट प्रभावित अरु कैयौँ नागरिक अस्पताल भर्ना भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरुले शुक्रबारदेखि सो क्षेत्रमा हैजाका सयौँ बिरामी अस्पताल भर्ना भएका बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको समेत सहयोगमा हैजाको प्रकोप फैलिएको उक्त बांैची राज्यका पाँचवटा जिल्लामा यस्तो सतर्कता कार्यक्रम शुरु गरिएको छ ।

अहिलेसम्म ती जिल्लामा मात्र ४०० जनाभन्दा बढीलाई हैजाको प्रकोप भएकोले अधिकारीहरुले विशेष कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *