पोलियो र प्यारालाइसिसबाट ग्रसित युवा जब बने मिस्टर इन्डिया

बीबीसी नयाँ दिल्ली । जोगिन्दर सलुजा दश महिनाका मात्र थिए उनलाई पोलियोले समायो । त्यति मात्रै होइन शरीरको एउटा भाग नचल्ने गरी भागमा प्यारालाइसिस भयो ।

रोग र शारीरिक समस्याले यति थिलो थिलो भएकी उनी १३्र बर्ष पुग्दासम्म १४ वटा अप्रेशन भइसकेको थियो । उनलाई आफ्नो जीवन आफैलाई घाँडो भइसकेको थियो । यहि समस्याले उनले कतिपय बेला आत्महत्या नै गरुँ कि भनेर समेत सोच्ने गर्दथे ।

तर एक दिन यस्तो सोच पलायो जसले जोगिन्दरको जीवननै कायापलट गरिदियो । उनले प्रतिज्ञा गरे ‘जीवनमा केही गरेर देखाउँछु यत्तिकै खेरजान दिन्न ।’

बडी विल्डर बन्ने निर्णय
१४ बर्षको उमेरमा नै जोगिन्दर जिम जान खोजे तर कोही जिम सञ्चालक उनलाई भर्ना गर्न चाहेनन् । नत उनलाई डाक्टरले नै जिम जाने सल्लाह दिन सक्थे । तर उनले आफ्नो ढिपी छाडेनन् । अन्तत : एक जिम सञ्चालकले उनलाई भर्ना लिए ।

जोगिन्दर जब जिम जान थाले सबैजसोले भन्ने गर्दथे तिमिबाट यो सम्भव छैन भनेर । ‘मैले उनीहरुको कुरा नै सुन्दिनथेँ । खुरु खुरु आफ्नो प्राक्टिस गर्दथेँ,’ उनले भने ।

‘शुरुमा २ किलो पनि उठाउन सकेको थिइन । तर एक दुई महिनापछि विस्तारै ठिक हुन थाल्यो । मैले आफ्नो सोचलाई कहिल्यै विकलांग गर्न दिइन । यहि भावनाले हुनसक्छ अहिलेसम्म पछाडी फर्केर हेर्न परेको छैन ।’

सबै प्रतिस्पर्धा विजयी
१६ बर्षको उमेरमा जोगिन्दर बडीविल्डर कम्पिटिसनमा मिस्टर दिल्ली बने । यसपछि यहि समूहमा मिष्टर नर्थ इन्डिया र पछि मिष्टर इन्डिया बने । फेरी आफ्नो कदम खेलतर्फ बडाए ।

‘सन २००६मा मैले पहिलो पटक प्रतिस्पर्धामा भाग लिएँ । र त्यतिवेला पासा पावर लिफ्टिगको सिनियर तर्फ कास्य पदक जितेँ । र जुनियत तर्फ स्ट्रोङ म्यानको उपाधी हात पारेँ । त्यसबेला देखि पारा पावर लिफ्टिङमा च्याम्पियन हुँ । यसबीचमा मैले धेरै अन्तरिष्ट्रय प्रतियोजितामा भारतको प्रतिनिधित्व गर्ने गर्दछु,’  उनले भने ।

जिम बनाए, बिकलांग प्रशिक्षक राखे
जोगिन्दर भन्छन्, ‘सन २००७ देखि २००८ मा जोगिन्दरले एक जिम खाना बनाए । जसमा बिकलाङ्ग समेत सबै जना संगै कसरत गर्न सकुन भनेर ।मैले आफ्नो जिम खानामा आफै पनि बिकलाङ्गको प्रशिक्षण दिने गर्दछु । मेरो जिम खानाको म्यानेजर, लेखा प्रमुख देखि कैयू प्रशिक्षकहरु समेत बिकलाङ्ग छन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *