झाडापखलाबाट अफगानिस्थानमा मर्छन साढे ९ हजार बालबालिका

काबुल, १७ कात्तिक । अफगानिस्तानमा झाडा पखालाका कारण हरेक बर्ष झण्डै नौ हजार ५०० बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ ।

“झाडापखालाका कारण बर्षेनी मृत्यु हुने मध्ये झण्डै आठ हजार जना पाँच बर्ष मुनिका बालबालिका हरेका छन्,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शौचालयको प्रयोग र खाना खानु अघि हात धुनु पर्ने चेतनाको अभावका कारण धेरै बालबालिकाहरुलाई झाडापखाला हुनेगरेको पाइएको छ । यसलाई सजिलै हटाउन सकिने अफगानिस्तान स्थित युनिसेफका प्रतिनिधि अदेले खोडरले बताए । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *