कांग्रेसको घोषणापत्रमा यस्ता छन् स्वास्थ्यका पन्ध्र बुँदा

काठमाडौँ, १६ कात्तिक । आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेको छ ।

भरपर्दो आधारभूत स्वास्थ्य नाम दिएर कांग्रेसले घोषणापत्रमा स्वास्थ्यका १५ वटा बुँदा अघि सारेको छ ।
हेरौँ कांग्रेसको घोषणा पत्रमा उल्लेखित पन्ध्र बुँदा :

भरपर्दो आधारभूत स्वास्थ्य :
१ . सबैलाई भरपर्दो गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा भन्ने मुल लक्ष्यका साथ नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम सञ्चालन गर्नेछ । स्वास्थ्य नीतिको उद्देश्य उपचार हुन सक्ने रोगका उपचार सुविधा नपाई कुनै पनि नेपाली नागरिकको अकालमा मृत्यु नहोस भन्ने हुनेछ ।

२.  हरेक गाउँपालिकामा प्रसूति सेवा सहितको कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गरिनेछ । सबै नगरपालिकामा आवश्यकता हेरी २५ देखि ५० शैयाको आधुनिक अस्पताल निर्माण गरिनेछ । यी अस्पतालहरुलाई ठूला नगर क्षेत्र, प्रदेश र केन्द्रीय स्तरका अस्पताल सेवासँग आबद्ध गरिनेछ ।

३.  विगतमा नेपाली कांग्रेसको सरकारका पालामा प्रत्येक गाउँ विकास समितिमा एक स्वास्थ्य संस्था राख्ने नीति अनुरुप नेपालका सबै गाउँ विकास समितिहरूमा स्वास्थ्य संस्थाको स्थापना भएको छ । गाउँ÷नगरपालिकाको नयाँ संरचनामा अब प्रत्येक वडामा स्थानीय महिलाहरूलाई आवश्यक नर्सिङ सेवाको तालिम दिइ आफ्नै वडामा तलबी स्वयंसेवकको रूपमा कार्यरत गराउँदै सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।

४. नेपाली कांग्रेस आगामी १० वर्षभित्र शिशु मृत्युदर १५ भन्दा कम र मातृमृत्यु दर (प्रति एक लाख जीवित जन्ममा) ५० भन्दा कम गर्ने अठोट गर्दछ । नेपाली कांग्रेसले  मलेरिया, कालाज्वर, डेंगु, हेपाटाइटिस लगायत पानीजन्य रोगहरुबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाउनेछ ।

५. सबै सरकारी अस्पतालमा सामाजिक सेवा इकाइको व्यवस्था गरिनेछ ।. हाल १२ कडा रोगहरुलाई उपचार सहायता उपलब्ध गराइँदै आएकोमा यो कार्यक्रम थप रोगहरुमा पनि लागु हुने व्यवस्था गरिनेछ । निशुल्क भईसकेको बाथ मुटुरोग र मृगौला प्रत्यारोपणलाई थप सहज बनाउँदै निःशुल्क डायलेसिस सेवालाई स्थानीय तहसम्म विस्तार गर्दै लगिनेछ । महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय तहसम्म विस्तार गरिनेछ ।

६. सरकारी छात्रवृत्ति वा अन्य सहयोगबाट शिक्षा प्राप्त गरेका चिकित्सकहरूलाई गाउँपालिकाका अस्पतालमा पठाउने विधि र प्रक्रियालाई आकर्षक र प्रभावकारी बनाइनेछ ।

७. प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गरिनेछ । गैर सरकारी क्षेत्रलाई सेवा र प्रदायकका रूपमा परिचालन गरिनेछ ।

८. भएका र नयाँ खुल्ने अस्पतालहरुलाई अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा प्रदान गर्न सक्षम तुल्याई नेपाललाई विशिष्ट चिकित्सा पर्यटनको गन्तव्य बनाउन टेवा पु¥याइनेछ र निजी अस्पताल तथा चिकित्सा केन्द्रहरूको गुणस्तर मापदण्ड तोकी लागू गरिनेछ ।

९. स्वदेशी आयुर्वेद उद्योगको प्रवद्र्धन, उपचार केन्द्रहरुको विस्तार, आर्युवेद शिक्षाको प्रोत्साहन तथा दक्ष वैद्य र कविराजहरुको उत्पादनका लागि विशेष कार्यक्रम ल्याइनेछ ।

१०. प्रत्येक घरमा शौचालय निर्माण सुनिश्चित गर्ने कार्यक्रम ल्याइनेछ । विपन्न वर्गका परिवारहरूलाई शौचालय निर्माण गर्न अनुदान दिइनेछ । आगामी पाँच वर्ष भित्रमा सबै मानव बस्तीहरूमा सुरक्षित खानेपानी पु¥याइनेछ । खानेपानीका मुहानहरूको संरक्षण र खानेपानीको गुणस्तर कायम गर्ने तर्फ सरसफाइ कार्यक्रम निर्देशित हुनेछन् ।

११.  आगामी पाँच वर्षभित्रमा आर्सेनिकयुक्त पानीका स्रोतहरू माथिको निर्भरता समाप्त गरिनेछ । प्रत्येक नगरपालिकामा अधिकार सम्पन्न खानेपानी बोर्ड बनाई सोही अनुरुप खानेपानीको व्यवस्था गरिनेछ ।

१२. स्वास्थ्य सेवा केन्द्रहरुमा दरवन्दी अनुसारको प्राविधिक र प्रशासनिक कर्मचारीहरुको व्यवस्थापन, निःशुल्क औषधिको उपलव्धता र भौतिक पूर्वाधार निर्माणको सुनिश्चितता प्रत्याभूत गरिनेछ ।

१३. ‘सुत्केरी आमा : पोसिलो खाना’ भन्ने नाराका साथ स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म पोषण कुपन वितरण गरिनेछ । साथै गर्भवती महिलाहरुको पोषणको लागि पनि नियमित भत्ताको व्यवस्था गरिनेछ । सबै नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमलाई देशभर विस्तार गरिनेछ ।

१४. बालस्वास्थ्य र मातृ शिशु स्वास्थका कार्यक्रमहरु हरेक घर–दैलोमा पु¥याइनेछन् ।यसका लागि हाल कार्यान्वयनमा रहेको सुनौलो हजार दिन कार्यक्रम सबै वडाहरुमा पु¥याइनेछ ।

१५. महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई दिइदै आएको भत्ता र सुविधालाई दुई वर्षभित्रै दोब्बर बनाइनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *