त्रिवि आइओएमद्धारा १० वटा मेडिकल कलेजका लागि सिट सिफारिस (सूची सहित)

काठमाडौँ, २५ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आफू अन्तरगतका १० वटा मेडिकल तथा डेन्टल कलेजका लागि यस शैक्षिक सत्रमा अध्ययन गराउनका लागि नयाँ सिट संख्या सिफारिस गरेको छ ।

गत आइतबार बसेको विद्या परिषदको बैठकले सिट संख्या निर्धारण गरेको हो । यद्धपी अहिलेसम्म आइओएमले औपचारिक रुपमा सार्वजनिक गरेको छैन् । सिफारिस सिटलाई नेपाल मेडिकल काउन्सिलको शुक्रबार बस्ने पूर्ण बैठकले अन्तिम टुंगो लगाउने तयारीमा छ ।

डा. गोविन्द केसीसंग सरकारले गरेको सम्झौँता अनुसार यसपटक आइओएमले एमबीबीएसमा अधिकतम एक सय सिट तोकेको छ । डेन्टलमा अधिकतम ५० तोकेको छ ।

बैठकले एमबीबीएस तर्फ दुईवटा मेडिकल कलेजलाई र डेन्टल तर्फ ४ वटा कलेजलाई अधिकतम सिट दिने सिफारिस गरेको छ । त्यस्तै एमबीबीएस मात्रै अध्ययन गराउने दुईवटा मेडिकल कलेज र एउटा डेन्टल कलेजको सिट गतवर्ष र यसबर्ष फेरिएको छैन् ।

हेरौँ कुन कलेजको सिट कति भयो ?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *