‘दफा ९ ख’ वाला कर्मचारीको समस्या सुल्झिएको स्वास्थ्य मन्त्रालयको दावी (विज्ञप्ती सहित)

काठमाडौँ, ४ फागुन । स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ख अनुसार स्तरबृद्धि भई दफा १७ को उपदफा ३ बमोजिम पदस्थापन हुन नसकेका कर्मचारीको समस्या समाधान भएको जनाएको छ ।

बुधबार अपरान्ह अपिल जारी गर्दै मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकले पुल दरबन्दी सिर्जना गरि ९ ख को कार्यान्वनयको बाटो खुलेको भन्दै आन्दोलन फिर्ता लिई नियमित काममा फर्कन आन्दोलनरत कर्मचारीलाई आवहान समेत गरेको छ ।

मन्त्रीपरिषदको बैठकले मन्त्रिपरिषदको बैठकले कुल ३ हजार ८४५ वटा पुल दरबन्दी सिर्जना गर्न स्वास्थ्यलाई स्विकृति दिएको छ ।

तर यता स्वास्थ्यकर्मीहरुको विभिन्न ट्रेड युनियनका पदाधिकारीहरुले बुधबार दिउसो निमित्त सचिव डा किरण रेग्मीलाई भेटी मंगलबारको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्न माग गरेका थिए । उनीहरुले बुधबार अपरान्ह नै विज्ञप्ती निकालेर सरकारको आधिकारिक निर्णय सार्वजनिक नहुँदा सम्म आन्दोलन जारी रहने बताएका थिए ।

उनीहरुले पुल दरबन्दी सिर्जना गरिए आफूहरुलाई मान्य नहुने बताएका छन् ।  मन्त्रालयले बेलुका निकालेको अपिलमा पुल दरबन्दीबाट समस्याको समाधान गर्न खोजिएको जनाएको छ । यद्धपी कति दरबन्दी भन्ने उल्लेख गरेको छैन ।

मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलद्धारा जारी अपिल यस्तो छ ।


स्वास्थ्यकर्मीहरुको संस्थाले निकालेको विज्ञप्ती यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *