केयु हस्तक्षेपको विषयमा छानवीन गर्न ५ सदस्यीय उपसमिति गठन
काठमाडौँ, ११ साउन – व्यवस्थापिका संसदको सुशासन समितिले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिसिन तर्फ पीजी प्रवेश परीक्षामा भएको भनिएको अख्तियारको हस्तक्षेपबारे छानवीन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिका सदस्यहरुमा उदय नेपाली, जनकराज जोशी, नरसिंह चौधरी, पदमलाल चौधरी र मिलनकुमारी राजवंशी रहेका छन् ।
सो उपसमितिलाई सत्य तथ्य छानवीन गरि १० दिन भित्र समितिमा प्रतिवेदन बुझाउन भनिएको समितिका सभापति मोहनसिंह राठौरले जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




