केयु हस्तक्षेपको विषयमा छानवीन गर्न ५ सदस्यीय उपसमिति गठन
काठमाडौँ, ११ साउन – व्यवस्थापिका संसदको सुशासन समितिले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिसिन तर्फ पीजी प्रवेश परीक्षामा भएको भनिएको अख्तियारको हस्तक्षेपबारे छानवीन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिका सदस्यहरुमा उदय नेपाली, जनकराज जोशी, नरसिंह चौधरी, पदमलाल चौधरी र मिलनकुमारी राजवंशी रहेका छन् ।
सो उपसमितिलाई सत्य तथ्य छानवीन गरि १० दिन भित्र समितिमा प्रतिवेदन बुझाउन भनिएको समितिका सभापति मोहनसिंह राठौरले जानकारी दिए ।