बिरामीको हातबाट जुस पिउँदै डा. केसीले अनशन तोडे

688
Shares

jus1

काठमाडौँ, १० साउन – मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै आठौं पटक अनशन बसेका डा. केसीले आज १६ औं दिनमा बिरामीको हातबाट जुस पिउँदैअनशन तोडेका छन् ।

शिक्षण अस्पतालमा उपचारको लागि आएका सिन्धुपाल्चोकका पाँच वर्षीय बालक सरोज नेपाली सीराहकी ३० वर्षीय अनिता देवी, गोरखाका भिक्षु छेवाङ नुर्बु लामा र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीको हातबाट जुस पिउँदै डा. केसीले अनशन तोडेका हुन् ।

सरकारी वार्ता टोलीसँग हिजो राति ४ बुँदे सहमति भएपछि केसीले अनशन तोडेका हुन् ।

jus

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *