बिरामीको हातबाट जुस पिउँदै डा. केसीले अनशन तोडे

jus1

काठमाडौँ, १० साउन – मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै आठौं पटक अनशन बसेका डा. केसीले आज १६ औं दिनमा बिरामीको हातबाट जुस पिउँदैअनशन तोडेका छन् ।

शिक्षण अस्पतालमा उपचारको लागि आएका सिन्धुपाल्चोकका पाँच वर्षीय बालक सरोज नेपाली सीराहकी ३० वर्षीय अनिता देवी, गोरखाका भिक्षु छेवाङ नुर्बु लामा र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीको हातबाट जुस पिउँदै डा. केसीले अनशन तोडेका हुन् ।

सरकारी वार्ता टोलीसँग हिजो राति ४ बुँदे सहमति भएपछि केसीले अनशन तोडेका हुन् ।

jus

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर