डा. गोविन्द केसीलाई भेट्न संसदीय टोली पुग्यो शिक्षण अस्पताल

0
Shares

kc

काठमाडौँ, ३ साउन –  चिकित्सा शिक्षाको सुधारको लागि  नौ दिन देखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न संसदीय टोली अनशनस्थल शिक्षण अस्पताल पुगेको छ ।

संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा १० जनाको टोली शिक्षण अस्पताल पुगेको हो ।

केसीलाई भेटेपछि समितिका सभापति श्रेष्ठले उनको माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन दिने प्रतिक्रिया दिएका छन् । सभापति श्रेष्ठले डा. केसीको माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन दिने र यो बिषय संसदमा पनि छलफल गर्ने बताए ।

समितिमा ४४ जना सांसद सदस्य छन् । टोलीले डा. केसीको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा संलग्न चिकित्सकहरुलाई सोधपुछ गरेको छ ।

टोलीमा कांग्रेसका ४,माओवादी केन्द्रका २, मधेसी फोरमका १ सांसदसहित संसद सचिवालयका २ कर्मचारी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *