औषधिको गुणस्तर एकीन गरेर मात्रै विक्री गर्न फार्मेसीहरुलाई विभागको अनुरोध

92
Shares

काठमाडौँ, १४ असार । औषधि व्यवस्था विभागले जनतालाई गुणस्तरीय औषधिहरु मात्रै विक्री वितरण गर्न अस्पतालहरुमा सञ्चालित फार्मेसीहरुलाई अनुरोध गरेको छ ।

विभागले बुधबार सूचना जारी गर्दै कतिपय अस्पतालहरुबाट सञ्चालित फार्मेसीहरुबाट विक्री भएका औषधिहरुको गुणस्तरीयतामा जनगुसानो प्राप्त भएको भन्दै यस्तो अनुरोध गरेको हो ।

विभागले औषधि ऐन २०३५ को दफा १२ अनुरुप औषधिहरु जनसुरक्षीत, असरयुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेको भन्दै सबै अस्पताल फार्मेसीहरुले औषधिको खरीद तथा विक्री वितरण गर्दा गुणस्तरणमा शंका लागेमा परीक्षण गराई गुणस्तर एकीन गराएर मात्रै प्रयोगमा ल्याउन भनेको छ ।

विभागका महानिर्देशक नारायण ढकालद्धारा जारी सूचनामा जनसुरक्षित, असरयुक्त र गुणयुक्त औषधि सेवन गर्ने जनताको अधिकार रहेको भन्दै यसमा फार्मेसीहरुको सहयोग जरुरी रहेको उल्लेख छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *