राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, १३ असार । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी मुटुको धड्कनमा समस्या देखिएपछि यही असार २ गते त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
गत ५ असारमा राष्ट्रपति पौडेलको मुटुको सल्यक्रिया गरी स्थायी पेस मेकर राखिएको थियो । उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका कारण राष्ट्रपति पौडेललाई आज दिउसो डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




