नक्कली आरोपमा पक्राउ परेका चार चिकित्सक धरौटी बुझाएर रिहा

0
Shares

doctor clip

काठमाडौँ, २० असार – शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका चार जना चिकित्सकलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश दिएको छ ।

आदेश पछि चारै जना धरौटी बुझाएर छुटेका छन् । त्यसरी छुट्नेहरुमा अरुणकुमार गुप्ता, गणेश शाह, बुद्धिमान श्रेष्ठ र विनिता मण्डल छन् ।
जिल्ला अदालतले गुप्ता र शाहसंग एक लाख रुपैया र श्रेष्ठ र मण्डलसंग पचास हजार धरौटी बुझाउन आदेश दिएको थियो ।

यस्तै काठमाडौँमा पक्राउ परेकामध्ये थप २ जनालाई सोमबार मुद्दा दायर भएको छ । उनीहरुको मंगलबार थुनछेक आदेश हुने छ । अन्य ६ जनाविरुद्ध मंगलबार सिआईबीले मुद्दा दायर गर्ने तयारी गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *