तीन जना नर्स एघारौँ तहमा बढुवा

काठमाडौँ, २ फागुन । तीन जना नर्स एघारौँ तहमा बढुवा भएका छन् । लोक सेवा आयोगले सोमबार लिएको अन्तरवार्तामा स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, एघारौँ तह प्रमुख अस्पताल नर्सिङ प्रशासक तर्फ तीन जना नर्स बढुवा भएका हुन् ।

बढुवा हुनेमा आन्तरिक प्रतिस्पर्धा कोटाबाट हिराकुमारी निरौला र सावित्री कुमारी पौडेल रहेका छन् । यस्तै आदिवासी जनजाती कोटाबाट सोही पदमा कमला राना मगर बढुवा भएका छन् ।

लोक सेवा आयोगले अन्तरवार्ता र लिखित परीक्षाको समेत प्राप्तांकको आधारमा अन्तिम नतिजा प्रकाशित गरेको उल्लेख गर्दै तीन जनालाई एघारौँ तहमा स्थायी नियुक्तीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *