कोभिडबिरुद्धको बुस्टर डोजका लागि नयाँ खोप भित्रियो
काठमाडौँ, १ फागुन । कोभिडविरुद्धको बुस्टर डोजका लागि सरकारले नयाँ खोप भित्र्याएको छ । सोमबार विहान कतार एयरको उडानबाट ३ लाख ४५ हजार ६०० डोज फाइजरको वाइभ्यालेन्ट खोप भित्रिएको हो । यो खोप नेपालका लागि नयाँ हो ।
कोभ्याक्स सुविधा अन्तरगर्त प्राप्त गर्ने कुल १५ लाख डोज खोपमध्ये आज पहिलो खेप ३ लाख ४५ हजार ६०० डोज खोप आएको आएको हो । कतार एयरको नियमित उडानबाट खोप आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका खोप सुपरभाइजर ओम उपाध्यायले बताए । यसपछि बाँकी खोप ४, ८, ११ र १५ फागुनमा आउने तालिका रहेको उनले जानकारी दिए ।
सरकारले कोभिडविरुद्धको बुस्टर डोज लगाउन आव्हान गरेपनि मौज्दात खोप नहुँदा रोकिएको थियो । नयाँ खोप आएपछि बुस्टर डोज लगाउनका लागि बाटो खुलेको छ । विभागले खोप लगाउने दर हेरेर थप खोप मगाउने वा नमगाउने निर्णय लिने जनाएको छ ।
नयाँ बाइ भ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने विश्वास रहेको विज्ञहरु बताउँछन् ।
यो खोपको आपतकालिन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले स्वीकृत गरेको थियो ।
सम्पर्क इमेल : [email protected]