यस्ता छन् बजेटको अर्धवार्षिक समिक्षामा उल्लेख भएका स्वास्थ्यका आठ उपलव्धी
काठमाडौँ, २९ माघ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । राजस्व संकलन लगायत स्रोतमा परेको चापका कारण सरकारले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएको हो ।
यसअघिका अर्थमन्त्री जनार्दन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकोमा समीक्षामार्फत हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरेका छन् ।
बजेटका आकार घटाउँदा अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक समिक्षा समेत गरेको छ । अर्थले गरेको समिक्षामा स्वास्थ्यको ८ बुँदे उपलव्ध समेटिएको छ ।
यस्ता छन् अर्धबार्षिक समिक्षामा उल्लेखित स्वास्थ्यका आठ उपलव्धी
१. पाँच देखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप प्रदान गरिएको । पहिलो मात्रा ३४ लाख ८० हजार ३४२ जना र दोस्रो मात्रा ३१ लाख १७ हजार १४ जनालाई प्रदान गरिएको ।
२. पाठेघरको मुखको क्यान्सरको हाल सम्म २० हजार २०२ जनाको निशुल्क स्क्रिनिङ गरिएको ।
३. १२० स्थानीय तहमा नागरिक आरोग्य समिति गठन भएको ।
४. स्थानीय तहको ५, १० र १५ शैयाको अस्पतालहरुमध्ये हालसम्म २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको र ४०० स्थानीय तहमा रकम निकासा भएको ।
५.बागमती प्रदेशका २४ जना चिकित्सकलाई विभिन्न विषयमा क्लिनिकल अपडेट कार्यक्रममा सहभागी गराइएको ।
६.सातै प्रदेशका ३३० जना स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्वन्धी तालिम प्रदान गरिएको ।
७. ११२ जनालाई निशुल्क प्रत्यारोपण गरिएको ।
८. बाँके र सिराहामा सक्रिय विधिबाट कुष्ठरोग परीक्षण गर्दा २७ जना नयाँ विरामी पत्ता लागेको ।
९. तर्जुमा/संसोधन भएका कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरुको विवरण :
- ANC to PNC coutinum of care guideline, 2079
- Safe abortion service coaching and Mentoring guideline, 2079
- SBA Mentoring Guideline, 2079
- अपांगतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्वन्धी निर्देशिका २०७९
सम्पर्क इमेल : [email protected]