नेपाल चिकित्सक संघको निर्वाचन परिणाम :

अध्यक्षमा डा. अनिल बिक्रम कार्की बिजयी, एक जना सदस्य बाहेक सबै पदमा बिजयी बन्यो लोकतान्त्रिक समूह

पेशागत समावेशी समूहबाट सदस्यमा बिजयी बनिन् डा. स्मृति महत

काठमाडौँ, २४ माघ ।  नेपाल चिकित्सक संघको अध्यक्षमा डा अनिल विक्रम कार्की बिजयी भएका छन् । कुल खसेको ६ हजार २९१ मत मध्ये अध्यक्ष पदमा डा कार्कीले ३ हजार ५३७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी पेशागत समावेशी समूहका डा सन्तोष पौडेलले २ हजार ३२३ मत र स्वतन्त्र समूहबाट उठेका डा शिवजी विक्रम सिलवालले २९० मत प्राप्त गरे ।

यस्तै निर्वाचन भएको मधेश प्रदेशको उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहकै निरज कुमार सिंह बिजयी भएका छन् । उनले ३ हजार ८१ मत प्राप्त गरे ।

बागमती प्रदेशमा प्रकाश बुढाथोकीले ३ हजार ५५३ मत प्राप्त गरि उपाध्यक्षमा बिजयी भए । उनी यसपटकको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर बिजयी हुने उम्मेद्धार समेत बनेका छन् ।

गण्डकी प्रदेशमा पनि लोकतान्त्रिक समूहका डा राजन शर्माले कुल ३ हजार ३५९ मत प्राप्त गरि बिजयी भए । यस्तै सुदुरपश्चिम प्रदेशमा डा प्रशान्त भट्टले ३ हजार ३५९ मत प्राप्त गरि उपाध्यक्ष पदमा विजयी भए ।

महासचिव पदमा डा सञ्जीव तिवारीले २ हजार ९१८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी रहेका डा अमृत भुसालले १ हजार ५४१ मत र डा रक्षा श्रेष्ठले १ हजार ५०५ मत प्राप्त गरे ।

सदस्यहरुमा डा तेजसुसेन मल्लले ३ हजार ३२१, डा सृजना विष्टले ३ हजार १७८ मत, डा अमित रञ्जन मिश्रले ३ हजार १४८ मत प्राप्त गरि विजयी भए ।

यसैगरी डा डा किशोर खत्री २ हजार ९४६, डा युभिनकुमार यादवको २ हजार ७६८ र डा स्मृति महतको २ हजार ७२१ मत प्राप्त गरि विजयी भएका छन् । डा महत डा सन्तोष पौडेलको पेशागत समावेशी समूहबाट विजयी भएको एक्लो सदस्य हुन् ।

हेरौँ कसको मत कति ?

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *