भगवती तिमिल्सिनालाई यसवर्षको ‘क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार’
काठमाडौँ, २२ माघ । स्वास्थ्य पत्रकार भगवती तिमिल्सिनालाई यसवर्षको क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आठौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा स्वास्थ्य मन्त्री पदम गिरीले सो पुरस्कार तिमिल्सिनालाई प्रदान गरे ।
नेपाल समाचार पत्र दैनिकमा दुई दशक देखि स्वास्थ्य विटमा कलम चलाएकी तिमल्सिनालाई उनको स्वास्थ्य पत्रकारितामा देखाएको अभिछिन्न सक्रियताको सम्मान गर्दै प्रदान गरिएको मञ्चले जनाएको छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले यसवर्ष देखि स्थापना गरेको उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । सो पुरस्कारका लागि आर्थिक सहयोग मञ्चका सदस्य बासुदेव न्यौपानेले गरेका हुन् ।
सम्पर्क इमेल : [email protected]