कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीद्वारा आत्मदाहको प्रयास

काठमाडौँ, १९ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारी गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेका छन्।

लामो समयदेखि प्रतिष्ठानमा सवारी चालकका रुपमा कार्यरत ४० वर्षीय कार्कीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका हुन्।

चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए ।

उनले रवि लामिछानेलाई गृह मन्त्री बनाउनुपर्ने र न्याय दिनुपर्ने भन्दै आत्मदाहको प्रयास गरेको बताइएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *