पाल्पाको पूर्वखोलामा एकीकृत घुम्ती शिविर : मोतिविन्दुको शल्यक्रियादेखि, क्यान्सर स्क्रिनिङसम्म

240
Shares

पाल्पा, १९ माघ । पूर्वखोला गाउँपालिकामा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गत २७ पुस देखि १३ माघ सम्म दुई चरणमा भएको शिविरमा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ्ग कार्यक्रममा पाठेघरको मुखको क्यान्सर जाँच (भिआइए), परिवार नियोजन सेवा (इम्प्लान्ट तथा आईयूसिडी) कार्यक्रम साथै आँखा उपचार सेवा सञ्चालन गरिएको थियो ।

शिविरका लागि गाँउपालिकाले आर्थिक स्रोत उपलव्ध गराएको थियो भने परिवार नियोजन संघ पाल्पा शाखा र नेपाल नेत्र ज्योति संघ पाल्पा लाकौल आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले छ वटै वडामा भएको शिविरमा कुल १ हजार २५८ जनाले सेवा लिएको बताए । उनले आँखा उपचार तर्फ ८१७ जनाको परीक्षण गरिएकोमा ७० जनामा मोतिविन्दु भएको पत्ता लागेको थियो । त्यसमध्ये २२ जनाको कालिगण्डकी आँखा उपचार केन्द्र रामपुर र २५ जनाको रिग्नेरह स्वास्थ्य चौकी पूर्वखोलामा शल्यक्रिया भएको थियो । केहीले भने शल्यक्रिया गर्न मानेनन् ।

यस्तै परिवार नियोजन सम्वन्धी लामो अवधीको परिवार नियोजनको सेवा ३९ जनाले लिएको, पाठेघरको मुखको क्यान्सर जाँच (भिआईए) ४४९ जनाको भएको थियो । त्यसमध्ये ८ जनालाई क्यान्सर सम्वन्धी चिन्ह देखिएकोले थप परीक्षणका लागि तानसेन जान सल्लाह दिएको समेत ढकालले बताए । उनले १४ जनामा आङ खस्ने समस्या रहेको पाइएको बताए ।

शिविरका लागि टीसीएल फार्मास्युटिकल्सले निशुल्क उपलव्ध गराएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *