आत्मदाह र आत्महत्या न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सांसदको माग

काठमाडौँ, १८ माघ । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाका सांसद डा अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनालाई न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठनका लागि माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा सिंहले यस्तो माग गरेका हुन् ।

‘देशको विभिन्न भागमा नागरिकहरुले आत्मदाह गरेको देखिन्छ । आत्महत्या गरेको देखिन्छ । के कारणले आम नागरिकमा आत्दाह गर्ने आत्महत्या गर्ने बाध्यता आइपरेको छ रु त्यसको लागि एउटा उच्चस्तरीय छानबिन समिति गठन होस्,’ उनले भने ।

सांसद अम्बिका बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको जस्तो कुनै नेपालीको नियति नहोस् भन्दै कामना गरिन् ।

साथै नागरिकको सामाजिक, आर्थिक र सामान्य जनजीवन चलाउन सक्ने वातावरण बनाउन र आगामी दिनमा प्रेमप्रसाद आचार्यको जस्ता घटना दोहोरिन नदिन सांसदहरुले सरकारसँग माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *