पोखरा जहाज दुर्घटनामा डा. गणेश थापाको पनि ज्यान गयो

काठमाडौँ, १ पुस । पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनामा अर्का एक चिकित्सक पनि परेका छन् । दुर्घटनामा पर्ने चिकित्सक डा गणेश थापा हुन् ।

पारिवारिक स्रोतले उनको मृत्यु भएको पुष्टि गरेको छ । डा थापा गोरखा वेयलफेयर स्किम पोखरामा कार्यरत थिए ।

डा ललितपुरको पाटन अस्पतालमा कार्यरत श्रीमतीलाई भेटेर आज यति एयरलायन्सको विमानमा उनी पोखरा फर्कदै थिए । आजको दुर्घटनाग्रस्त विमानको यात्रुहरुमा मेरो भतिजो पनि पर्‍यो डा थापाका काका अजय सिंह थापाले भने ।

डा थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए। उनले अस्ट्रेलियाबाट एमपिएच अध्ययन पूरा गरेका थिए।

पोखरामा काम गर्नुअघि उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका थिए।

डा गणेशको शव सनाखत भइसकेको उनका काका डा अजयसिंह थापाले जानकारी दिए।

चालक दलका चार सदस्य सहित ७२ जना सवार विमान दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा सुशील श्रेष्ठ (३८), उनकी श्रीमती डा सोना दिवाकर (३६) उनको १० महिने शिशुकोको शव सनाखत भइसकेको छ ।

यसैबीच नेपाल चिकित्सक संघले दुर्घटनामा ज्यान गुमाएका तीन चिकित्सक सहित सबै यात्रुहरु प्रति दुख व्यक्त गरेको छ । संघका महासचिव डा बद्री रिजालले विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *