भारतमा थप ३ लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली, ६ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप तीन लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो ।
भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै गइरहेको अधिकारीहरुले जनाएका छन् ।
अहिले भारतका २९ ओटै राज्यमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । हालसम्म सक्रिय सङ्क्रमित मध्ये आठ हजार ९६१ जनामा ओमिक्रोन देखिएको छ ।
भारतमा पछिल्लो चौबिस घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



