भारतमा थप ३ लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली, ६ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप तीन लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो ।

भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै गइरहेको अधिकारीहरुले जनाएका छन् ।

अहिले भारतका २९ ओटै राज्यमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । हालसम्म सक्रिय सङ्क्रमित मध्ये आठ हजार ९६१ जनामा ओमिक्रोन देखिएको छ ।

भारतमा  पछिल्लो चौबिस घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *