भारतमा एकै दिन ९० हजार भन्दा बढीमा कोरोना संक्रमण

140
Shares

नयाँ दिल्ली, २२ पुस । भारतमा कोभिड- १९ संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ ।

हिजो बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ तीब्र रुपमा बढेको छ ।

भारतमा हालसम्म  २६३० जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । अहिलेसम्म भारतका २६ राज्यहरुमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *