भारतमा एकै दिन ९० हजार भन्दा बढीमा कोरोना संक्रमण

नयाँ दिल्ली, २२ पुस । भारतमा कोभिड- १९ संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ ।

हिजो बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ तीब्र रुपमा बढेको छ ।

भारतमा हालसम्म  २६३० जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । अहिलेसम्म भारतका २६ राज्यहरुमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *