तपाईंलाई थाहा छ ? यी चार अवस्थामा स्वास्थ्यकर्मीको स्तरबृद्धि हुँदैन

4.5k
Shares

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ (संसोधन समेत) को दफा ९ मा स्तरबृद्धिका विषयमा उल्लेख छ । सो दफामा चौथोबाट पाँचौं, पाँचौंबाट छैटौं, छैटौंबाट सातौँ, सातौंबाट आठौँ र नवौँबाट दशौँ तहमा स्तरबृद्धि हुने हुने व्यवस्था उल्लेख छ । त्यसमा स्तरबृद्धिका लागि निश्चित प्रावधान समेत उल्लेख छ । तर, निश्चित अवस्थामा भने स्तरबृद्धि हुने छैन् ।

ऐनको दफा ९ ‘क’ मा सो व्यवस्था उल्लेख छ । त्यसमा भनिएको छ, ‘दफा ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाएको अवस्थामा देहायको अवधिभर कर्मचारीलाई स्तरबृद्धि गरिनेछैन् ।’

त्यो अवधि निम्नप्रकारको छ :

क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर ।
ख) तलवबृद्धि वा बढुवा रोक्का भएकोमा तलवबृद्धि वा बढुवा रोक्का भएको अवधिभर ।
ग) असाधारण विदामा बसेकोमा सो विदाको अवधिभर ।
घ) प्रचलित कानून बमोजिम स्थापना भएको स्वास्थ्यसंग सम्वन्धित परिषद्बाट नाम दर्ता निलम्बन भएकोमा त्यस्तो निलम्बनको अवधिभर ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *