तपाईंलाई थाहा छ ? यी चार अवस्थामा स्वास्थ्यकर्मीको स्तरबृद्धि हुँदैन

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ (संसोधन समेत) को दफा ९ मा स्तरबृद्धिका विषयमा उल्लेख छ । सो दफामा चौथोबाट पाँचौं, पाँचौंबाट छैटौं, छैटौंबाट सातौँ, सातौंबाट आठौँ र नवौँबाट दशौँ तहमा स्तरबृद्धि हुने हुने व्यवस्था उल्लेख छ । त्यसमा स्तरबृद्धिका लागि निश्चित प्रावधान समेत उल्लेख छ । तर, निश्चित अवस्थामा भने स्तरबृद्धि हुने छैन् ।

ऐनको दफा ९ ‘क’ मा सो व्यवस्था उल्लेख छ । त्यसमा भनिएको छ, ‘दफा ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाएको अवस्थामा देहायको अवधिभर कर्मचारीलाई स्तरबृद्धि गरिनेछैन् ।’

त्यो अवधि निम्नप्रकारको छ :

क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर ।
ख) तलवबृद्धि वा बढुवा रोक्का भएकोमा तलवबृद्धि वा बढुवा रोक्का भएको अवधिभर ।
ग) असाधारण विदामा बसेकोमा सो विदाको अवधिभर ।
घ) प्रचलित कानून बमोजिम स्थापना भएको स्वास्थ्यसंग सम्वन्धित परिषद्बाट नाम दर्ता निलम्बन भएकोमा त्यस्तो निलम्बनको अवधिभर ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *