बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद खनाल नियुक्त

544
Shares

काठमाडौँ, २ भदौ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल नियुक्त भएका छन् । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएर बुधबार  नयाँ मुख्य मन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य नियुक्त हुँदा सामाजिक विकास मन्त्रीमा खनाल नियुक्त भएका हुन् ।

उनी प्रदेश सभामा चितवनबाट निर्वाचित सांसद हुन् ।

बुधबार आफ्नो सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी थिइन । त्यसमा खनाललाई सामाजिक विकास मन्त्री र अर्का सांसद केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए । उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *