बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद खनाल नियुक्त

काठमाडौँ, २ भदौ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल नियुक्त भएका छन् । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएर बुधबार  नयाँ मुख्य मन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य नियुक्त हुँदा सामाजिक विकास मन्त्रीमा खनाल नियुक्त भएका हुन् ।

उनी प्रदेश सभामा चितवनबाट निर्वाचित सांसद हुन् ।

बुधबार आफ्नो सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी थिइन । त्यसमा खनाललाई सामाजिक विकास मन्त्री र अर्का सांसद केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए । उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *