काठमाडौँमा तीन दिनमा झण्डै एक लाखले लगाए जोनसन एण्ड जोनसन खोप

340
Shares

काठमाडौँ, ६ साउन । एक डोज मात्रै लगाए हुने कोभिडविरुद्धको जोनसन एण्ड जोनसन कम्पनीको खोप काठमाडौँमा ९९ हजार ७६ जनाले लगाएका छन् । काठमाडौँमा यो खोप लगाउन गत ४ साउन देखि आजसम्मको अवधी तोकिएको थियो ।

तर काठमाडौँ महानगरपालिका बाहिरका स्थानीय तहमा भने भोलि (विहीबार) पनि जारी रहने स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

यो खोप शुरुमा ५० देखि ५४ बर्ष उमेर समूह, अपांग, शरणार्थी र सरसफाईकर्मीलाई दिने भनिएको थियो । तर आजबाट भने १८ बर्ष माथिका सबैलाई यो खोप दिईएको थियो । खड्काले भोलि सञ्चालन हुने महानगरबाहिरका खोप केन्द्रमा पनि १८ बर्ष माथिकाले खोप लगाउन सक्ने स्पष्ट पारे ।

यसपटक स्वास्थ्य सेवा विभागले काठमाडौँका लागि १ लाख ४६ हजार ५२४ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । खड्काले आजसम्म ६७.६२ प्रतिशत लक्ष्य पुरा भएको बताए ।

ललितपुरमा हिजो नै सकियो
उता ललितपुरले भने लक्षित समूहलाई ४ र ५ साउनमै जे एण्ड जे खोप लगाएर सम्पन्न गरेको छ । ललितपुरका स्वास्थ्य प्रमुख डा खगेश्वर गेलालले जोनसन एण्ड जोनसन खोप सोमबार र मंगलबार नै लगाएर सकिएको जानकारी दिए ।

उनले ३४ हजार बढीले खोप लगाएको बताए । ‘हामीकहाँ लक्षित संख्या कम थियो । त्यसैले दुई दिनमै सम्पन्न गरयाँ,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *