चीनबाट ४० लाख डोज कोभिडबिरुद्धको खोप आउँदै

1.2k
Shares

काठमाडौँ, १७ असार । चीनबाट ४० लाख डोज कोभिडबिरुद्धको खोप आउने भएको छ । सरकारले चिनिया कम्पनी सिनोफार्मसंग ४० लाख डोज भेरोसेल खोप खरीदको सम्झौता गरेको छ ।

सम्झौँता अनुसार पहिलो चरणमा १० लाख डोज खोप यसैसाता भित्र काठमाडौं आईपुग्ने बताइएको छ ।  त्यसपछि क्रमश बाँकी खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

‘खोप खरीदको प्रक्रिया गोप्य राखिएको छ । नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) गरिएको छ । त्यसैले थप कुराहरु भन्न मिल्दैन् । अहिले नेपालीका लागि खोप आवश्यकता हो । खोप आउने भयो । त्यो ठूलो कुरा हो । कतिपय मुलुकहरुले यस्ता कार्य गर्दा एनडीए हुनु पर्ने सर्त अगाडी राख्छन् । जो जायज पनि हो,’ मन्त्रालयका उच्च अधिकारीले भने ।

चिनियाँ कम्युनिष्ट पार्टीको सय बर्ष पुगेको अवसरमामा विविध कार्यक्रम भइरहँदा खोपको आयातमा ढिलाई भएको ती अधिकारीले बताए । चिनियाँ कम्युनिष्ट पार्टी १०० बर्ष पुगेको मुख्य दिवस आज मनाइदै छ ।

‘सम्झौँता भइसकेको छ । यसै साता पहिलो लट खोप आउँछ । त्यसपछि क्रमश आउँछ । आएका खोपहरु लगाईदै गईन्छ र थप खरीदका पनि प्रक्रिया अघि बढ्दै जान्छ,’ ती अधिकारीले भने ।

भारतले खोप निर्यातमा रोक लगाएपछि नेपालले चीनबाट भेरोसेल र अमेरिकाको जोन्सन एण्ड जोन्सन खोप खरीद गर्ने प्रक्रिया अघि बढाएको थियो । यस्तै बेलायत, रुस, युरोपियन युनियन, कोभ्याक्स सुविधाबाट पनि खोप ल्याउने पहल थालिएको जनाएको थियो । तर, अधिकांश देश तथा संस्थाहरुले खोप उपलव्धताको बारेमा थप जानकारी दिएका छैनन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *