मेडिको–लिगल सोसाइटी अफ नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा डा. सृजना कुँवर

0
Shares

काठमाडौँ, १९ असोज ।  कानुनी चिकित्सक संघ नेपाल (मेडिको–लिगल सोसाइटी अफ नेपाल)को अध्यक्षमा डा. सृजना कुँवर निर्वाचित भएकी छन्।

संघको २०८३ असोज १७ गते सम्पन्न ११औँ वार्षिक साधारणसभाले डा. कुँवरको अध्यक्षतामा २०८३-८५ का लागि नयाँ कार्यसमिति गठन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. केशव श्रेष्ठ, सचिवमा डा. आयुष पौडेल उपाध्याय र कोषाध्यक्षमा डा. देवेन्द्रमान पालिखे चयन भएका छन्। सदस्यहरूमा डा. आहना श्रेष्ठ, डा.सन्तोष कोइराला, डा. शर्मिष्ठा धौभडेल र डा. वीरेन्द्र मण्डल रहेका छन्।

संघका निवर्तमान अध्यक्ष (इमिडियट पास्ट प्रेसिडेन्ट)मा डा. नुवादत्त सुवेदी छन्।

मेडिको–लिगल सोसाइटी अफ नेपाल,   नेपालमा फरेन्सिक मेडिसिन र फरेन्सिक ओडोन्टोलोजीका क्षेत्रमा स्थापित पहिलो राष्ट्रिय व्यावसायिक संस्था हो। संस्था सन् २०१५ नोभेम्बर २७ मा दर्ता भएको हो।

संघले नेपालमा मेडिको–लिगल अभ्यासलाई व्यवस्थित र एकरूप बनाउने उद्देश्यले विभिन्न गतिविधि गर्दै आएको छ। यसले अटोप्सी (शव परीक्षण), क्लिनिकल फरेन्सिक मेडिसिन तथा यौन दुर्व्यवहारसम्बन्धी परीक्षणका विषयमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *