चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

324
Shares

स्टकहोम, १९ असोज । सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ ।

कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो ।

यो वर्षको एक करोड स्वीडिस क्रोना (करिब एघार लाख २० हजार ) नोबेल पुरस्कार पुरस्कृत तीनै व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ ।

उनीहरूको अनुसन्धानका कारण इतिहासमा पहिलो पटक विश्वमा हेपाटाइटिस सी निको पार्न सकिने भएको छ ।

सन् २०२० को चिकित्साशास्त्रको पुरस्कारबाट सम्मानित हुने घोषणा गरिएका यिनै वैज्ञानिकका कारण बर्षेनी सयौँ लाख व्यक्तिको ज्यान लिने गरेको असाध्य रोग (क्रोनिक हेपाटाइटिस) परीक्षण तथा उपचार सम्भव भएको हो ।

नोबेल समितिका महासचिव थोमस पर्लम्यानले पत्रकार सम्मेलनमा भने, “आफूले पुरस्कृत तीनमध्ये दुई व्यक्तित्वलाई भेटेको र उहाँहरूलाई पुरस्कृत गरिएको सूचनाले उहाँहरू आश्चर्यचकित, खुशी, र पुलकित हुनुभएको थियो ।” रासस÷सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *