भारत : उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री कमल रानीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी । भारत उत्तर प्रदेश की प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गत १८ जुलाईमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको लखनउस्थित एसजीपीजी अस्पतालमा उपचार भइरहेको थियो ।
६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आज मात्रै २ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।
यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



