भारत : उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री कमल रानीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी । भारत उत्तर प्रदेश की प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गत १८ जुलाईमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको लखनउस्थित एसजीपीजी अस्पतालमा उपचार भइरहेको थियो ।

६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आज मात्रै २ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *