कोरोना रोकथामका विषयमा स्वास्थ्यमन्त्री ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरुबीच छलफल

0
Shares

काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा छलफल गरेका छन् ।

मन्त्री ढकालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री ढकालसँगै, मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रीको विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालय अन्तर्गको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी सहभागी रहेका छन् ।

सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरू पनि छलफलमा सहभागी रहेका छन् । कोरोना नियन्त्रण र रोकथामको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा स्वास्थ्यमन्त्री ढकालले प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गरेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *