उपराष्ट्रपतिको स्वाबको नमूना सङ्कलन

100
Shares


काठमाडौँ, ३० वैशाख । सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ ।

सङ्घीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमूना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *