कोरानाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको हौसला बढाउन स्वास्थ्य सेवा विभागमा दिप प्रज्वलन

544
Shares

काठमाडौँ, २५ बैशाख । कोरोना भाइरस (कोभिड – १९)को उपचार तथा रोकथाममा अग्रपंक्तिमा रहेर काम गरिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मानमा स्वास्थ्य सेवा विभागले विहीबार बेलुका दिप प्रज्वलन गरेको छ ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ सहितको उपस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको हौसलाका निम्ति दिप प्रज्वलन गरिएको हो ।

सरकारले बुद्ध जयन्तीको अवसरमा कोभिड – १९ रोकथाममा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हौसला, संक्रमितको स्वास्थ्य लाभको कामना र मृतकको चिरशान्तिको कामनाका लागि दिप प्रज्वलन गर्न आग्रह गरेको थियो ।

महानिर्देशक श्रेष्ठले स्वास्थ्यकर्मिको हौसलाका लागि दिप प्रज्वलन गरिएको र आफूहरु निरन्तरण कोभिड – १९ रोकथाममा खटिएको बताए ।
उनले भने, ‘आज बुद्ध जयन्ती पनि हो । र, अहिले देशभर स्वास्थ्यकर्मीहरु कोरोना संक्रमितहरुको उपचारका साथै कोरोना रोकथाममा खटिनुभएको छ । उहाँको हौसलाका लागि विभागले पनि दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।’

सो अवसरमा विभाग अन्तर्गत् व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. तारानाथ पोख्रेल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे, विभागका जनस्वास्थ्य निरीक्षक मदनकुमार वली लगायतको उपस्थिती थियो ।

स्वास्थ्यकर्मीको सम्मानमा बेलुका आज देशभर दिप प्रज्वलन गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *