भारतले सिटामोल निर्यातमा लगाएको प्रतिवन्ध फुकुवा गर्‍यो

108
Shares

काठमाडौँ, ६ बैशाख । भारतले सिटामोल निर्यातमा लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । गत ३ मार्च देखि लगाएको प्रतिवन्ध शुक्रबारदेखि फुकुवा गरेको हो ।

भारतको यो निर्णयपछि अब सिटामोलजन्य सुई, झोल र ट्यावलेटका औषधि नेपालमा आउने आयातकर्ता संघका महासचिव पवन आचार्यले बताए ।

कोरोना भाइरसको संक्रमण शुरु भएयता भारतले २६ प्रकारका औषधिमा प्रतिवन्ध लगाएको थियो । त्यसमा सिटामोल पनि परेको थियो । केही समय अघि अरु औषधिमा फुकुवा गरेपनि सिटामोल निर्यातमा लागेको रोक यथावत थियो ।

भारतको उद्योग बाणिज्य मन्त्रालय अन्तरगर्तको बाणिज्य विभागले शुक्रबार जारी सूचनामा सिटामोलजन्य तयारी औषधिको निर्यात खुल्ला गरेको बताएको छ । तर त्यसको कच्चा पदार्थको निर्यातमा लगाएको प्रतिवन्ध भने यथावत रहेको उल्लेख गरेको छ ।

महासचिव आचार्यले आयातमा लगाएको प्रतिवन्ध पछि नेपाल आउँदै गरेका ठूलो मात्रामा औषधि सीमामा रोकिएको भन्दै यो निर्णयपछि सबै तयारी औषधिहरु आउन बाटो खुलेको बताए ।

उनले नेपाल भारतको सीमा नजिक भारतीय भूमीमा सिटामोल बोकेका ६ ट्रक औषधि रोकिएको बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *