कोरोनालाई जितेर दुई जना व्यक्ति होलान् त आज डिस्चार्ज ?

200
Shares

काठमाडौँ, ६  बैशाख । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणमा परेका दुई जना व्यक्ति डिस्चार्ज हुने सम्भावना बढेको छ । कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति काठमाडौँकी १९ बर्षीया किशोरी र छैटौँ संक्रमित बागलुकी ६५ बर्षीया महिलाको डिस्चार्ज हुने सम्भावना बढेको हो ।

उनीहरु दुबैको पछिल्लो एक एक पटक (प्रिलाष्ट ) परीक्षणमा कोभिड – १९ नेगेटिभ आएको छ । अहिले उनीहरुको अन्तिम परीक्षण भइरहेको छ ।

‘डिस्चार्ज गर्नु अघि दुई पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउनुपर्छ । एक एक पटक त रिपोर्ट नेगेटिभ आएको छ । दोस्रो पटकको रिपोर्ट आउने क्रममा छ । अहिले परीक्षण भईरहेको छ । अबको केही छिनमा आउँछ होला,’  टेकु स्रोतले भन्यो,  ‘सम्भवत आज दुबै विरामीको रिपोर्ट नेगेटिभ आउँछ ।’

टेकु अस्पतालमा रहेकी दोस्रो संक्रमित गत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी हुन् । उता बाग्लुङको धवलागिरी अस्पतालमा रहेकी छैटौँ संक्रमित पनि सोही दिन अर्थात ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आइपुगेकी हुन् । दोस्रो र छैटौँ संक्रमित दोहाबाट काठमाडाँै एउटै प्लेनमा आएका थिए ।

टेकुमा उपचाररत युवतीको स्वाब अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ । उता बागलुङमा रहेकी संक्रमित महिलाको स्वाब अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण भइरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पहिलो संक्रमित व्यक्ति एक जना भने पहिले नै निको भएर घर फर्किसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *