जहाज चार्टड गरी काठमाडौँबाट आएका ३३ जना चिकित्सक कहाँ कति बाँढिए ?

4.9k
Shares

कैलाली, ५ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि काठमाडौँबाट सुदूरपश्चिम आएका चिकित्सकलाई यहाँका विभिन्न जिल्लामा खटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एमडी दोस्रो र तेस्रो बर्ष अध्ययनरत ३३ जना चिकित्सकलाई सुदूरपश्चिम पठाएको थियो । उनीहरु आजै यति एयरको चार्टर्ड गरेको जहाज मार्फत धनगढी आईपुगेका थिए ।

उनीहरुलाई प्रदेशका नौवटै जिल्लामा खटाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले बताए ।

मिश्रका अनुसार १४ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पतालमा , ४ जनालाई महाकाली प्रादेशिक अस्पतालमा खटाइएको छ । यस्तै पहाडी जिल्ला अछाम, डडेल्धुरा, बझाङमा तीन -तीन जना खटाइएको छ ।

बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई -दुई जना खटाइएको जनाइएको छ ।

खटाइएका स्वास्थ्यकर्मी अहिले एमडिएमएस गर्ने सबै जना सरकारको छात्रवृत्तिमा पढ्छन् ।

सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो । सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सो टोली सुदूरपश्चिम पठाइएको जनाइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “जहाज चार्टड गरी काठमाडौँबाट आएका ३३ जना चिकित्सक कहाँ कति बाँढिए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *